
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुखपत्र ुद सोसलिस्टु द्वैमासिकको प्रकाशन थालेको छ ।
पत्रिकाको कार्तिक९मंसिर अंक सार्वजनिक गरेको जसपाले पत्रिकालाई विचारप्रधान पत्रिकाको रुपमा निरन्तरता दिने भएको छ ।
हाललाई द्वैमासिक रुपमा प्रकाशित भएपनि यसलाई चाँडै मासिक पत्रिकाको रुपमा प्रकाशन गरिने बताइएको छ । प्रारम्भमा पार्टी संगठन, समिति र पार्टी सदस्यहरुलाई उक्त पत्रिका वितरण गरिने छ ।
जसपाले यस अघि जेएसपी नेपाल डट ओआरजी नामको वेबसाइट सञ्चालनमा ल्याएको छ ।














