Logo
Logo

शिक्षिका ज्योतिको निधन


3.4k
Shares

काठमाडौं । हास्य कलाकार, निर्देशक एवं कृषि अभियन्ता शेखर खनालले एसएलसी उत्र्तिण गरेको बिद्यालय हो, जनता मावि सन्तकुटी खजुरा बाँके । स्कुल जीवनमा सधैँ कक्षा पहिलो हुन सधै प्रेरित गर्ने गुरुआमा ज्योति रामदामकाे आइतबार ६७ वर्षको उमेरमा निधन भएको छ । उनी ब्रेन क्यान्सरबाट पीडित थिइन् ।

भारतको लखनउ, काठमाडौं र बाँकेको अजुरामा समेत उपचार गराइरहेकी उनी पछिल्लो समय आफ्नै निवासमा आराम गरिरहेकी थिइन् । ‘क्यान्सर देखापरेको छोटो समयमा आमा गुमाउनुपर्ला जस्तो लागेको थिएन, बुवा पनि ६ वर्षअघि गमाउनुपरेको पीडा नसेलाउँदै आमा गुमाउनु पर्दाको पीडा निकै दुःखदायी हुँदोरहेछ’ उनकी छोरी दीपा रामदामले बताइन् ।
मृतककी छोरी दीपा पनि कलाकार खनालको क्लासमेट हुन् । मृतक ज्योती रामदामको एक छोरी एक छोरा छन् ।

जनता मावि सन्तकुटी खजुराको एक कुशल र उर्जाशील शिक्षिकाको रुपमा छाप छोड्न सफल ज्योतीको असमाहिक निधनले मर्माहत बनाएको सोही स्कुलका पूर्वप्रधानाध्यापक विष्णुमान श्रेष्ठले बताए ।

उनले भने, ‘एक असल शिक्षकलाई सम्झिनु पर्दा मेरोसामु जहिले पनि मेरो सहयोगी भएर काम गर्नु भएकी शिक्षिका ज्योति रामदाम मैमको अनुहार आँखा अगाडि आउँछ ।’ एक कुसल शिक्षिकालाई गुमाउनु पर्दा विद्यालय र विद्यार्थी मर्माहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्