
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पाँचवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।
‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
ती निर्माण व्यवसायी÷आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने पनि सूचनामा भनिएको छ ।















