काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । महाधिवेशन काठमाडौंमा गरिने उनले बताए ।
उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको जनाए ।














