Logo
Logo

दुर्घटनामा सेनाका मेजरको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ फागुन ।

गत साता सल्यानमा भएको गाडी दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। गत बुधबार नेपाली सेनाको गाडी दुर्घटनामा परि गम्भिर घाइते मेजर ३५ वर्षिय ईश्वर सिलवालको मृत्यु भएको हो।


सिलवालको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सिलवालको काठमाण्डौ स्थित छाउनी अस्पतालमा मंगलबार राति मत्यु भएको हो। सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गरेकेो लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सेनाका जमदार यादव धरेलको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्