Logo
Logo

प्रेस संगठन बाजुराको एकता टुंगियो


- दृष्टि न्युज/संवाददाता


बाजुरा, ७ फागुन । प्रेस संगठनको केन्द्र र प्रदेश कमिटीको टुंगो लागेको लामो समयपछि प्रेस संगठन बाजुराले एकता टुंगो लगाएको छ । पूर्वप्रेस चौतारी निकट २१ र पूर्वप्रेस सेन्टरबाट १० गरी ३१ जनाको जिल्ला कमिटी मंगलबार गठन भएको प्रेस संगठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण ओलीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखको उपस्थितिमा जिल्ला कमिटीको नाम प्रदेश र केन्द्रमा पठाएको प्रेस संगठन बाजुराका संयोजक वसन्त विश्वकर्माले जानकारी बताए । उनले जिल्ला कमिटीको नाम सिफारिसपछि प्रथम भेला गर्नुपर्ने भएकाले नामसहित प्रदेश र केन्द्रलाई सिफारिस पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्