Logo
Logo

विराटनगर आगलागी : दुईको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो


1.1k
Shares

विराटनगर । बुधबार दिउँसो विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक’मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर पठाइएको छ । उक्त आगलागीमा २ जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् ।

मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका–७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आगलागीमा विराटनगर–७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका अर्का एक गरी दुई जनाको मृत्यु भएको छ । कबाडीका कामदारले संकलन गरेको वस्तु किच्याउनेक्रममा आगलागी भएको बताइएको छ । तर, प्रहरीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्