Logo
Logo

महापुराणले आन्तरिक तथा बाह्य पर्यटन पर्वद्धनमा टेवा पुग्छ: मेयर आले 


2.8k
Shares

भोजपुर । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले त्रिपुरेश्वर महादेव स्थान झारली गुफालाई  धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा देश तथा विदेशमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताएका छन् ।  

गत मङ्सिर १५ गतेबाट सुरु भएको ११ दिने श्री मद शिव महापुराणको अवलोकन पश्चात् शुभकामना दिँदै मेयर आलेले यस क्षेत्र प्रचारप्रसारको अभावमा परेको  बताएका हुन् ।   

महापुराणको अवसरमा कथा वाचन, विभिन्न कलाकारद्धारा भजन गायन, झाँकी तथा नृत्य प्रर्दशनले भक्तजनहरूलाई थप आर्कषीत गर्नुका साथै स्थानीयहरूको बाक्लो उपस्थितिले धार्मिक सहिष्णुतालाई सदैव जीवित राख्ने उनले बताए ।  साथै उनले उक्त गुफालाई संरक्षण,  सम्वर्दनमा निरन्तरता दिन सबैलाई आग्रह समेत गरे  ।

सोही अवश रमा नेपाली काङ्ग्रेस भोजपुर नगरपालिका सभापति तथा वडाध्यक्ष अशोक राई र तरुण दल सभापति ज्वेती पौडेलले महापुराणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै उक्त क्षेत्रका बारेमा थप प्रचारप्रसार भएको बताए ।

साथै महापुराणले यस क्षेत्रको धार्मिक,सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रको विकासमा टेवा पुग्ने समेत उनीहरूले बताए । 
आगामी मङ्सिर २५ गतेसम्म लाग्ने महापुराणको कथा वाचन चूडामणि पोख्रेल र कृष्ण हरी काफलेले गर्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्