
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्नेछ ।
बैठकमा एनसेल खरिद बिक्री प्रक्रिया, मन्त्रालयका नियमित प्रस्ताव लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।














