Logo
Logo

नेपाल सुपर लिगमा झापाको पहिलो जित


441
Shares

काठमाडौं । नेपाल सुपर लिगमा एफसी झापाले पहिलो जित निकालेको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो ।

झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो ।्

पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो ।

दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् ।

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाण्डौले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्