Logo
Logo

‘कुसुम बुटिकप्रति विश्वास बढ्दैछ’



मंसिर महिनाभर बुटिकहरुमा ‘ब्राइडल सेट’को बढी अर्डर आउँछ । पछिल्लो समय ब्राइडलका लागि ‘कुसुम द बुटिक’ चर्चित छ । यतिमात्र नभएर कुसुम बुटिक सेलिब्रेटीका लागि फेसन जोन बनेकाे छ । काठमाडौंको डिल्लीबजारमा रहेको यो बुटिक नधाउने सेलिब्रेटी कमै छन् । यस बुटिककी सञ्चालक एवं फेसन डिजाइनर कुसुम श्रेष्ठ हुन् । कुसुम सेलिब्रेटीका ‘सेलिब्रेटी डिजाइनर’ हुन् ।

पाँच वर्षअघि खुलेको कुसुम बुटिक नेपाली फिल्म र म्युजिक भिडियोका लागि मात्र नभएर रियालिटी शो र इभेन्टका लागि पनि चर्चित छ । कुसुम बुटिक ब्राइडल सेटसँगै क्याजुअल पहिरनका लागि धेरैको रोजाइमा पर्छ । ‘अहिले छ बुटिकका लागि सिजन नै हो’ डिजाइनर कुसुमले भनिन्, ‘ब्राइडल सेटसँगै विन्टरका पहिरनको अर्डरले व्यस्त बनाएको छ ।’ पछिल्लो समयकी चर्चित फेसन डिजाइनर कुसुम श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट :

अहिले बुटिकको व्यापार कस्तो छ ?
पछिल्लो केही समययता व्यापार अलिकम छ । बजारमा आर्थिक मन्दीको हल्लाले गर्दा होला, पहिलेजस्तो व्यापार छैन ।

अहिले बुटिकको सिजन होइन र ?
हो, बिवाहको मौसम भएकाले ‘ब्राइडल सेट’को अढी अर्डर आएको थियो । साथै, अरु पहिरनका लागि पनि अर्डरहरु आइरहेको छ । तर, पहिले जतिचाहिँ छैन ।

ब्राइडल सेटमा बढी जाने के हो ?
लेहेँगा सेट, साडी, बेहुलाका ड्रेसहरु नै हो । नर्मल भन्दा पनि डिजाइनिङ सारीहरु बढी अर्डर आउँछ ।

ब्राइडल सेट कतिसम्मको तयार गर्नुहुन्छ ?
डिजाइनिङमा फरक पर्छ । मिहिनेतअनुसार न्यूनतम ३५ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँसम्मको ब्राइडल सेट हुन्छ । खासगरी अर्डरअनुसार ब्राइडल सेट बनाउने गरेकी छु ।

समग्रमा कस्ता पहिरन बढी अर्डर आउँछ ?
लेहेँगा, गाउन र डिजाइनिङ सारी बढी अर्डर आउँछ । त्यसबाहेक कुर्था सुलवाल र क्याजुअल ड्रेसहरुको पनि अर्डर आउँछ ।

विन्टरका लागि नयाँ पहिरनहरु बनाउँदै हुनुहुन्छ कि ?
विन्टरकै लागि भनेर विशेष पहिरनचाहिँ बनाएकी छैन । जाडो मौसममा मानिसहरु रेडिमेड कपडा नै बढी लगाउँछन् । विन्टर विवाहको मौसम पनि भएकाले ब्राइडल सेट नै बढी जाने गर्छ ।

तपाईँका ग्राहक सेलिब्रेटी बढी छन् होइन त ?
हो, अधिकांश नेपाली सेलिब्रटी यहाँ आउने गरेका छन् । त्यसबाहेक विदेशमा रहेका नेपालीहरुले पनि अर्डर गर्छन् । मेरो लोकल ग्राहक पनि छन्, जो दोहोराएर आउने गरेका छन् ।

सेलिब्रेटीले कुसुम बुटिक नै रोज्नुपर्ने कारण के छ ?
सबैभन्दा ठूलो कुरा व्यवहार हो । व्यापारमा ग्राहकसँग राम्रो व्यवहार हुनुपर्छ । साथै, कुसुम बुटिकमा त्यति महँगो पनि छैन । सर्वसुलभ मूल्यमा ग्राहकको चाहना र रोजाइअनुसार पहिरन तयार गछौंँ ।

तपाईँ फिल्मका लागि पनि पहिरन तयार गर्नुहुन्छ ?
फिल्मसँगै पछिल्लो समय बनिरहेका अधिकांश म्युजिक भिडियोका लागि कुसुम बुटिकको पहिरन प्रयोग हुँदै आएको छ । यो भनेको कुसुम बुटिकप्रतिको विश्वास हो । अहिले पनि दिवाकर भट्टराईको फिल्म ‘माया वी’का लागि पहिरनको काम गरिरहेकी छु । त्यसका साथै, रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ जारी सिजन–५ को पनि पहिरनको काम गर्दै आएकी छु । द भ्वाइसको सिजन–२ बाट नै परिहन बनाउँदै आएकी हुँ ।

विदेशमा रहेका ग्राहकसँग कसरी काम गर्दै हुनुहुन्छ ?
अनलाइनबाट हो । उहाँहरूले अनलाइनमार्फत अर्डर गर्नुहुन्छ । विशेषगरी, क्यानडा, अष्ट्रेलिया, युके, अमेरिका र हङकङबाट अर्डर आउँछ । सामान कुरियरमार्फत पठाउने गरेकी छु ।

बुटिकको शाखा विस्तार गर्ने योजना के भयो ?
अहिले आर्थिक मन्दी छ । त्यसैले तत्काल शाखा विस्तार गर्ने योजना छैन । सोचचाहिँ छ, तर त्यसका लागि केही समय लाग्छ ।

पुरुषका लागि ड्रेस बन्छ कि बन्दैन यहाँ ?
बन्छ । हिजोआज त सेट मिलाएर लुगा लगाउने ट्रेण्ड चलेको छ । त्यसैले पुरुष र महिला बराबरजस्तो बुटिकका ग्राहक छन् ।

बुटिकमा महँगो हुन्छ भनिन्छ नि ?
केही महँगो होला । तर, बाहिर जसरी महँगो भनेर सोचिन्छ, त्यसअनुरुप महँगो छैन । त्यसो त डिजाइनिङ गरिएको पहिरन केही हद पक्कै महँगो पर्न जान्छ । त्यससँगै लगाउनेलाई पनि कम्फटेवल हुन्छ । पहिरन भनेको आफूले लगाउँदा कम्फटेवल हुनुपर्छ ।

बुटिक व्यवसायीको भविष्य कस्तो छ ?
जमाना फेसनको आएको छ । हरेक मान्छे फेसनप्रति सजग हुन थालेका छन् । जसले फेसनको बजार फस्टाइरहेको छ । फेसन बजार फस्टाउँदै जानु भनेको बुटिकका लागि राम्रो हो ।

प्रतिक्रिया दिनुहोस्