
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
त्यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ ।
त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।













