Logo
Logo

हिमालय एअरलाइन्स् IOSA मा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी



काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपालमा पहिलोपटक IOSA ‘आइओएसए’ सर्टिफिकेट पाएको छ । नेपालमा आइओएसए सर्टिफिकेट पाउने हिमालय एअरलाइन्स पहिलो र एक मात्र विमान कम्पनी हो । नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न हिमालय एयरलाइन्सले पहलकदमी गरेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइएटिए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे प्राप्त आइओएसए प्रमाणीकरण एक कोसेढुङ्गाको रुपमा हिमालय एअरलाइन्स्ले उपलब्धि हासिल गरेको छ ।

हिमालयन एयरलाइन्सले आज एक पत्रकार सम्मेलन गरेर आइओएसए सर्टिफिकेट सार्वजनिक गरेको छ । उक्त अवसरमा “हिमालय एअरलाइन्स् आइओएसए म्यानुअलको प्रावधानअनुसार आइएटिए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आइओएसए) अन्तर्गत आइओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, उक्त प्रमाणपत्रमा लेखिएको छ ।

आइओएसए प्राप्त गर्नका लागि ८ वटा क्षेत्रको मूल्यांकन गरिन्छ । जसमा एयरलाइन्सको संस्थागत संरचना र व्यवस्थापन पहिलो नम्बरमा पर्छ भने दोस्रोमा फ्लाइट अपरेशन पर्छ । त्यसैगरी आइओएसए अडिटमा फ्लाइट डिस्प्याच, मेन्टिनेन्स इन्जिनियरिङ संरचना, क्याविन अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, कार्गो र अप्रेशनल सेक्युरिटी पर्दछ । यी सबै कुरा चुस्तदुरुस्त भएमा अन्तर्राष्ट्रियस्तरको आइओएसए प्राप्त गर्न सकिन्छ ।

आइओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्न सफल भएको जनाइएको छ । नेपालको पहिलो र एकमात्र आइओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । आइओएसएको यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ, हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दछौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।’

सोही अवसरमा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले भनिन्, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आइओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु, हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चितरूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’

आइएटिए अपरेशनल सेफ्टी अडिट (आइओएसए) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मूल्यांकन गर्नका लागि विकास गरिएको हो ।

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई आइओएसए प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, आइओएसए दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन आइएटिए सदस्यताको लागि पूर्व शर्त पनि हो ।

हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो ।

हिमालय एअरलाइन्स््सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले चीनका बेइजिङ, छिङदाओ, सांघाइ, चोङकिङ र ल्हासामा उडान गरिरहेको छ ।

एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्डसर्् (एसएटिए) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स््का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो ।

डिसेम्बर २९, २०२१ मा एयरलाइन्स अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स््को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (एइडिएस) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (एइडिएस) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स््ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्