Logo
Logo

प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जाँदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ६ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज स्विट्जरल्याण्डको डावस भ्रमणमा जाँदैछन्। विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागितता हो। लामो राजनीतिक अस्थितरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णिम अवसर भएको अर्थशास्त्रीहरुको भनाइ रहेको छ।

प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्