Logo
Logo

अनेसास सिकागो च्याप्टर अध्यक्षमा भीम राई ‘प्रदेशी’



काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिकागो च्याप्टरको अध्यक्षमा भीम राई ‘प्रदेशी’ निर्वाचित भएका छन् । हालै सम्पन्न तेस्रो साधारणसभाले गीतकार भीमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले सन् २०१७ मा स्थापना भएको अनेसासले नेपाली भाषा र साहित्यिक उत्थानका लगि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तेस्रो साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मण न्यौपाने, उपाध्यक्षमा गोपाल जिसी, सचिवमा तुलसी मैनाली चयन हुँदा कोषाध्यक्ष मीनादेवी पाण्डे चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सारदा गौतम, निरज श्रेष्ठ, यादव न्यौपाने, भोजराज पाठक, समुद्र वास्कोटा, कृष्ण उप्रेती, दुर्गा घिमिरे, मञ्जु ढुंगाना र चन्द्रा न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्