Logo
Logo

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ माघ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।


ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । डा. युवराज शर्मालगायतको टोलीले उनको उपचार सुरु गरेको छ ।
लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित सीताको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो । छोरा प्रकाशको निधनपछि उनी निरन्तर बिरामी हुँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्