Logo
Logo

त्रैमासिक आर्थिक बृद्धिदर ३.२ प्रतिशतमा सिमित



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा मुलुकको अर्थतन्त्र ३.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मुलुकको अर्थतन्त्र गत आवको सोही अवधीको तुलनामा ३.२ प्रतिशतले वृद्धि भएको हो ।

सरकारले चालु आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, पहिलो त्रैमासिकको विवरणले सरकारको लक्ष्य पुरा नहुने स्पष्ट संकेत देखाएको छ ।

यस वर्ष खानी क्षेत्रको वृद्धि १५.८ प्रतिशतले भएको छ भने बैंक तथा बीमा क्षेत्रको वृद्धि १३.२ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । निक्षेप तथा कर्जामा वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बीमाको बढ्दो प्रीमियमका कारण यो क्षेत्रको वृद्धिदर सकारात्मक रहने बताइएको छ ।

यस्तै, आवास तथा भोजन क्षेत्रको वृद्धि ११.७ प्रतिशत हुने भनिएको छ । पर्यटन आगमनमा भैरहेको वृद्धिले आवास तथा भोजन क्षेत्रमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्