Logo
Logo

प्रवासी नेपाली एकता मञ्च कतारमा नयाँ नेतृत्व



दोहा । नेकपा एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कतारको छैठौँ राष्ट्रिय अधिवेसन सम्पन्न भएको छ । शनिबार दोहास्थित क्राउन प्लाजामा पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदूय राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मोहमद मुक्तादा मुसलमानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

मुसलमानको नेतृत्वमा उपाध्यक्ष नन्दप्रसाद ढुंगाना र रामकुमारी तामाङ, सचिवमा रुकबहादुर रानाभाट, उपसचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जनसहित ४१ सदस्यीय राष्ट्रिय कमिटी चयन गरेको निवर्तमान अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

त्यस्तै, अधिवेशनले नवनिर्वाचित कमिटीको बैठकबाट निवर्तमान अध्यक्ष गणेशप्रसाद ढकालको अध्यक्षतामा १२ सदस्यीय सल्लाहकार परिषदसमेत गठन गरेको छ । जसको उपाध्यक्षमा खगराज खराल (मामा यासिन) र सचिवमा मिनराज वाग्ले रहेका छन् । त्यस्तै उक्त बैठकले निर्वाचन, लेखा परिक्षण र अनशासन कमिटीसमेत गठन गरिएको ढकालले जनाए ।

अधिवेशनबाट सर्बसम्मत चयन गरिएको पदाधिकारी सहितका सदस्यहरुलाई प्रमुख अतिथि पाण्डेले सपथ ग्रहण गराएका थिए । उक्त अधिवेशनमा पार्टी केन्द्रीय सचिब रामकुमारी झाक्री र स्थायी कमिटी सदस्य एबं पार्टी प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्