Logo
Logo

दुई युवतीलाई खुकुरी प्रहारपछि घाँटी रेटेर आत्महत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

भद्रपुर- अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन्। उनलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए।

ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। घाइते दुवै महिलालाई बिएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आक्रमणमा घाइते भएकी ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबई रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्