Logo
Logo

मकवानपुरका पत्रकार ढकालको हत्यामा संलग्नहरु पक्राउ


- दृष्टि न्युज/संवाददाता



हेटौंडा, ६ माघ।

गत पुस २५ गते मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य भनाभनमा उनीहरुले ढकालको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी चार जनालाई सार्वजनिक गरेको हो । हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी, मनहरी गाउँपालिका–१ क २८ वर्षीय प्रविण वाइबा हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
हेटौंडा–१ भैरवडाँको जंगलमा रहेका यी दुईसँग ढकालको सामान्य कुरामा भनाभन हुँदा मोटरसाइकलसहित ढकाललाई धकेली मोबाइल र सुन र पर्सबाट पैसा निकालेर उनीहरु फरार रहेको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए । ढकालको मोबाइल खरिद गर्ने भीमफेदी ६ का दिनेश थापामगरलाई पनि पक्राउ गरिएको छ ।
जो हेटौंडा–१० मा रहेका दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालकसमेत हुन् । त्यसैगरी ढकालको औंठी खरिद गर्ने नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा–२ का ४८ वर्षीय नारायणबहादुर सुनारलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्