Logo
Logo

गोर्खाली रेडियोका स्टेशन मेनेजर चेम्जोङको विदाई


- दृष्टि न्युज/संवाददाता


सियोल, २६ फागुन । दक्षिण कोरिया रहेका नेपालीद्वारा सञ्चालित ‘अनलाइन रेडियो गोर्खाली’का स्टेशन मेनेजर हाङ चेम्जोङ सोमबार नेपाल फर्कँदैछन् ।
उक्त रेडियोको स्थापनाकालदेखि नै स्टेशन मेनेजरको रुपमा रहेर चेम्जोङले रेडियोलाई दक्षिण कोरियामा रहेका नेपालीसमक्ष चिनाउन अहंम भूमिका निर्वाह गरेका छन् । उनै चेम्जोङ आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्कँन लागेका हुन् ।
रोजगारीका सिलसिलामा दक्षिण कोरियामा ४ वर्ष १० महिना विताएका हाङ चेम्जोङ कोरियामा रहँदा रोजगारीसँगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए ।
पाँचथर स्थायी घर भएका चेम्जोङलाई कोरोना भाइरसको संक्रमणका कारण रेडियोका सबै टिमले संयुक्तरुपमा विदाई गर्न नपाएको रेडियोका संस्थापक अध्यक्ष विपी याम्फूले बताए । उनले भने, ‘यहाँ अहिले कोरोना भाइरसको संक्रमणका कारण एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत प्रतिबन्ध गरिएको थियो । त्यसैले चाहेर पनि हाङ चेम्जोङलाई टिमका सबै साथीहरुले संयुक्तरुपमा विदाई गर्न सम्भव भएन । त्यसप्रति मलाई दुःख लागेको छ ।’ उनले नेपाल चेम्जोङको नेपाल बसाइँ सुखद् र स्मणीय रहोस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्