Logo
Logo

स्वीजरल्याण्डमा सुवास आचार्यको एकल चित्रकला प्रर्दशनी



काठमाडौं । युवा कलाकार सुवास आचार्य ‘आगमन’ को सप्ताहव्यापी एकल चित्रकला प्रदर्शनी स्वीजरल्याण्डमा जारी छ । ‘विवण्ड दि वाउन्डरिज’ शीर्षकमा माघ ११ गते हेलाई आर्ट ग्यालरी उस्टर, स्वीजरल्याण्डमा प्रदर्शनी भइरहेको छ ।

हिमचुली एसोसियसन तथा नेपाल स्वीस चेम्बर अफ कमर्सको आयोजनामा जारी प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एके्रलिक तथा तैल रङ्गद्वारा सिर्जित १९ चित्रहरु रहेका छन् ।

कला प्रदर्शनीका साथमा कलाकार आचार्यले उस्टर र जुरिकमा नेपाली कलाका बारेमा कार्यपत्र प्रस्तुति तथा कार्यशाला संचालन गर्ने कार्यक्रम पनि रहेको छ ।

कोरोना महामारीको समयमा गाउँमा सिर्जना गरेको आफ्नो कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको कलाकार आचार्यले बताए । प्रदर्शनी माघ १९ गतेसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्