Logo
Logo

अमेरिकी डलरबाहेक धेरै विदेशी मुद्राको मूल्य बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरबाहेक धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

जसमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । आज युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७६ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८७ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्