Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य यथावत रहेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम भएको छ । त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७२ पैसा थियो ।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो आइतबार बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १० पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८७ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्