Logo
Logo

भक्तपुर अस्पतालमा अध्यक्षको उदण्डता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ माघ ।
भक्तपुर क्यान्सर अस्पतालमा अध्यक्षको उदण्डताका कारण कर्मचारीहरु रुष्ट भएका छन् । अस्पतालका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले पिउनेपानी जडानसम्बन्धि शिलालेख नै भत्काइदिएपछि विवाद भएको हो ।


बिरामीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउनका लागि दाताहरुले अस्पतालमा शुद्ध पिउने पानीको उपकरण जडान गरिदिएका थिए । उक्त खानेपानीको उपकरणको खानेपानी मन्त्री बिना मगरले एक साताअघि उद्घाटन गरिन् ।
मन्त्री मगरले उद्घाटन गरेको एक साता नबित्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको निर्देशनमा मन्त्रीले उद्घाटन गरेको शिलालेख फुटाइदिएका छन् । अध्यक्ष श्रेष्ठ आफैं अस्पताल प्राँगणमा बसेर शिलालेख फुटाउन लगाएको एक प्रत्यक्षदर्शीले दृष्टिलाई बताए ।
भक्तपुर क्यान्सर अस्पतालमा यसअघि पिउने पानीको समस्या थियो । उपकरण जडान भएपछि अस्पतालका बिरामी र ुकरुवालाई धेरै सहज भएको छ । तर, उद्घाटनको शिलालेख अध्यक्षले नै फुटाएपछि धेरैले अनौठो मानेका छन् ।
यस विषयमा अस्पतालका अध्यक्ष श्रेष्ठसँग सम्पर्क गर्दा सञ्चालक समितिको निर्णय बिना शिलालेख राखिएकाले भत्काउनुपरेको दृष्टिलाई बताए । भाषा मिलाएर अर्काै शिलालेख राखिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्