Logo
Logo

कुटाकुटपछि एमाले धादिङको अधिवेशन अनिश्चित


2.4k
Shares

काठमाडौं । नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ । आइतबार बन्द सन्त्रका क्रममा झडप भएपछि रोकिएको अधिवेशन अनिश्चित बनेको हो ।

अधिवेशनमा भएको कुटाकुटको विषयमा छलफल गर्न आइतबार नै जिल्ला अध्यक्ष भूमि त्रिपाठीसहितका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएका थिए । उक्त छलफलमा मिलेर जाने र मंगलबारबाट अधिवेशन पुनः सुचारु गर्न निर्देशन दिएका थिए । आज बिहानदेखि अधिवेशन सुरु हुने बताइए पनि अझै सुरु हुन सकेको छैन ।

तर दुई गुटमा परिणत धादिङमा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल गुटका खेम लोहनी लगायत नेताहरूले अधिवेशन कार्यक्रम अघि बढाउन नदिएको जिल्लाका नेताहरूले बताएका छन् ।

शुक्रबारबाट सुरु भएको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिती सिर्जना भएको थियो ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्षका नेताहरू विरोधमा उत्रिएका थिए ।

जिल्ला कमिटीले निर्णय नै नगरेको भन्दै सुरु भएको बिवाद उत्कर्षमा पुगेपछि कुटाकुटको स्थिती सिर्जना हुँदा बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्