Logo
Logo

काठमाडौंमा एआई फिचरका सिसिटिभी क्यामरा जडान


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन् । एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको हो ।

महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो । यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ ।

यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपिआर (सवारी साधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्