Logo
Logo

कृषिमा प्रचुर सम्भावना


प्रवीण पौडेल


नेपालजस्तै भूपरिवेष्ठित देश स्वीट्जरल्यान्ड ६७५ आयात र ५०५ निर्यात गर्दै विश्व अर्थतन्त्रमा १० औँ स्थानमा छ । उसको यही अब्बल अर्थतन्त्रले जनताको जीविका मात्र धानेको छैन, अरू कैयौँ देशसँग स्पर्धा गरिरहेको छ । देश आर्थिकरूपमा सम्पन्न भएपछि उसले अपनाउने कुटनीतिक पहल पनि उस्तै विशिष्ट किसिमको हुन्छ र त्यसले देशको उत्पादनको बजारीकरणमा पनि मदत पुग्छ ।

यही आडबलमा उसले मूल्यवान उत्पादन निर्यात गरिरहेको छ । प्रमुखतः ७४५ सेवा र २५५ उद्योगबाट उत्पादन हुने स्वीट्जल्याण्डमा शिक्षित जनशक्तिसँगै अशल कुटनीतिक सम्बन्ध कायम नै राष्ट्र विकासको मेरूदण्ड मानेर अघि बढिरहेको देखिन्छ ।

जापानले आफ्नो नियन्त्रणमा राखेको कोरियालाई आर्थिक र सामाजिकरूपमा अब्बल बनाउन त्यति सहज थिएन । तर, पनि सामाजिक र आर्थिक रूपान्तरणका लागि विभिन्न प्रकारका अलोकप्रिय तर आवश्यक उपायसमेत आत्मसात् गर्दै सन १९६३ को राष्ट्रपति चुनावमा पार्क विजयी भए र उनले द्त आर्थिक विकासलाई बढावा दिन विभिन्न प्रकारका नीति तथा उपाय अवलम्बन गरे । यसमा उनले पूर्वउपनिवेशकर्ता जापानसँगको सम्बन्धलाई सामान्य बनाउन मेहनत गरे ।

ब्याजदर बढाउने र कर सङ्कलनमा सुधार कार्य गर्दै आर्थिक विकासको मुख्य संयन्त्र सरकारको नेतृत्वमा औद्योगिकीकरण हो भन्ने सोचका साथ अगाडि बढाए । कोरिया अति दुर्लभ प्राकृतिक स्रोत र प्रचुर मात्रामा शिक्षित जनशक्ति भएको देश हो भन्ने तथ्य बुझेर राष्ट्रपति पार्क जङ–हीको नेतृत्वमा नयाँ स्थापित सैन्य सरकारले श्रमप्रधान र निर्यातमुखी औद्योगिकीकरणलाई पच्छ्याउँदै राष्ट्रलाई समृद्धितर्फ उन्मुख गरे ।

आज त्यसैको निरन्तरताले कोरियाको अर्थतन्त्र विश्वमा अब्बल साबित भएको छ । प्रमुखतः आयात र निर्यात करिब ४८५ भएको कोरियामा विकासमा शिक्षित जनशक्ति, सबै युवालाई सैन्य तालिम र अशल कुटनीतिक पहलकदमीको महत्वपूर्ण भूमिका देखिन्छ ।

ब्रिटिसको कोलोनी रहेको देश सिंगापुरलाई स्वतन्त्र र समृद्ध सिंगापुर बनाउन लि क्वुआन युलाई निकै चुनौती थियो । तर पनि उनले आफ्नो दूरदर्शी नीति तथा योजनाका साथ आधुनिक सिंगापुरका संस्थापक, एक प्रतिभाशाली राजनेता र उच्च सम्मानित व्यक्तित्व हुँदै सिंगापुर टापुलाई शक्तिशाली राष्ट्र र आर्थिक शक्तिमा परिणत गरे । भूगोलअनुसार आवश्यकता पहिचान गरी तत्कालीन राष्ट्रपति युले सिंगापुरलाई रणनीतिक स्थान दिई दक्षिणपूर्व एसियाको प्रमुख ढुवानी केन्द्रका रूपमा विकास गराई छाडे । यसले सिंगापुरलाई व्यापार र वाणिज्यमा रणनीतिक उल्लेखनीय फाइदा दिइरहेको छ ।

सिंगापुर एक स्वतन्त्र व्यापार भएको देश हो, जसले आयात र निर्यातमा कुनै कर नलगाउनुका साथै अन्य सरल र स्पष्ट कानुनी नीति अवलम्बन गरेको छ । सिंगापुरको सफलताको श्रेय भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, शिक्षा, बलियो निर्यात–सञ्चालित अर्थतन्त्र हो र यसको प्रमुख क्षेत्रमा तेल, कमोडिटी व्यापार, इलेक्ट्रोनिक्स र पर्यटन समावेश छन् ।

प्रमुखतः नेतामा दूरदृष्टि र इच्छा शक्ति, अशल कुटनीति पहल, भूगोलको आवश्यकता, बजारको पहिचान र सहज साथै स्पष्ट नीतिले देश विश्वबजारमा अब्बल बन्ने रहेछ । यी देशह?को विकासको इतिहास हेर्दा बढी जोखिमयुक्त परिस्थितिबाट राष्ट्रलाई जोगाउँदै जनतालाई साथमा लिएर भूगोलको आवश्यकता, अन्तर्राष्ट्रिय परिस्थिति मूल्यांकनसहित कुटनीतिक पहलमा अब्बल बनेर आयात र निर्यात सन्तुलनसहित देशलाई समृद्धितर्फ अगाडि बढाउन सकिने आधार तयारसँगै अभ्यासले सार्थकता पाएको देखिन्छ ।

सरसर्ती हेर्दा ती देशहरूको विकास र मेहनत हेर्दा नेपालमा विकास गर्न कम मेहनत गरे पुग्ने देखिन्छ । इच्छाशक्ति, दूरदृष्टि, भूगोलअनुसारको नीति, समस्या र अवसर पहिचान र असल कुटनीतिक पहल गर्ने हो भने पनि प्राकृतिक?पमा प्रचुर सम्भावना बोकेको नेपालमा देश विकास गर्न २ वटा विकल्प अवलम्बन गर्न सकिन्छ ।

१. सकेसम्म आन्तरिक स्रोतबाटै जल, खनिज र कृषि उत्पादनलाई निर्यात गर्ने । यसका लागि जमीनलाई आवश्यक चक्लाबन्दी र आवश्यकताअनुसार भूमि बैंकको सिद्धान्तलाई अवलम्बन गर्दै अगाडि बढ्ने ।

२. आधुनिक कृषिमा सफल भएका र कामदार आयात गर्ने केही देशसँग कृषिमा नगद अनुदान साथै सम्बन्धित देशका दक्ष जनशक्तिसहित कृषि, जडिबुटी, वन, जल र खनिजको सही उपयोगका निम्ति कृषि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने । जसको स्थापनामा लाग्ने जमीनलगायत आवश्यक पूर्वाधार ९कृषि जमीनको चक्लाबन्दी र भूमि बैंकको सिद्धान्त० को व्यवस्थामा नेपाल सरकारले सहयोग गर्ने ।

यसरी कम्तीमा ३ देखि ४ वटा देशको अलग अनुसन्धान तथा तालिम केन्द्र राखेर खाली भएको जमीनमा कृषि उत्पादन गरेर दक्ष, अर्धदक्ष, अदक्ष युवालाई आवश्यकताअनुसार कृषि, खनिज, वन, जलको तालिम अनुसन्धानका साथै उत्पादनमा लगाउन सकिने सम्भावना प्रचुर देखिन्छ ।

यसरी कृषि, जल, जडिबुटी र खनिजलाई आवश्यकताअनुसार निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । यसो गर्न सके, हाम्रा श्रमिकले नेपालमै श्रम गरेर सही श्रमको मूल्य प्राप्त गर्न सक्नेछन् र बाध्यतात्मक परिस्थितिले युवा पलायनमा कमी आउँदै क्रमशः देशमै बसेर उत्पादनमूलक कार्यमा लाग्ने क्रम बढ्नेछ ।

यसरी घरपरिवारसँगै बसेर आर्थिक उन्नति हुने वातावरण सृजना भए तीनै वर्गका (दक्ष, अर्धदक्ष, अदक्ष) युवा पलायनबाट रोकिने छ । यसले जनसंख्या वृद्धिमा सहयोग हुनुका साथै क्रयशक्ति बढाउँदछ, जसले आवश्यक उद्योग (गार्मेन्ट, धातुका)समेत स्थापना गरेर आयातमा कमी गर्दै मूल्यवान गुणस्तरीय बस्तु निर्यात गर्न सकिने छ ।

त्यसैले, निर्यातमा ज्ञाताका साथै कृषिमा आत्मनिर्भरसम्बन्धी विस्तृत योजना बनाउने सोचमा हामी पुग्नुपर्छ । हाम्रो संगठन पनि यसैको पक्षमा छ । हामी यसबारे वकालतसँगै अभ्यासमा पनि लैजाने सोचमा छौँ । यसबारे सम्बन्धित क्षेत्रका विज्ञ तर राष्ट्रका लागि केही गरौँ भन्ने सोचका व्यक्तित्वसँग जोडिने प्रयास गरिरहेका छौँ । देशमा कृषिक्रान्ति गरेर कृषिबाटै आमूल परिवर्तन गरेर देखाउन सकिने यथार्थलाई सावित गर्न अब हामी आफैँ सक्रिय बनौँ । यसका लागि हातेमालो गर्न चाहने हातहरू खोजौँ ।

मृत्युवरण गरेका बाबुले आफ्नो शव अन्त्येष्टि हुन विदेशमा रहेका छोराछोरी पर्खनु पर्ने बाध्यता अन्त्यबारे अहिले नै सोच्न सकेनौँ भने आज हामी जो ‘हेभिवेट’ नेताह?को शवले ४८ देखि ९६ घण्टासम्म सद्गद्का लागि वैदेशिक रोजगारीमा रहेका सन्तान कुरिरहेको समाचार हेरिरहेका छौँ, केही वर्षपछि हाम्रो पनि त्यही हालत हुनेछ । अहिले काम गर्न सक्ने अब्बल उमेर भएका युवा र प्रौढ पुस्ता संसारमै नेपालमा तुलनात्मक रूपमा धेरै छन् ।

अघिल्लो १५ वर्ष नेपाली श्रमिकले विश्व बनाए । अबको १५ वर्ष नेपाल बनाउने अभियानमा हामी जुट्न जरूरी छ । माथिका विकल्पबाहेक अन्य विकल्प पनि छन् भने परामर्शमा जुटौँ र नतिजा आउने अभ्यासमा लागौँ । वैदेशिक रोजगारीमा जाने लगानीलाई यहीँ सामुहिक रूपमा लगानी गर्न सके आर्थिक समस्या पनि परको विषय हुनेछैन । तर यसलाई राज्यले सुरक्षा र बजारीकरणमा भने पक्कै साथ दिन जरूरी छ ।

(लेखक पौडेल, नेपाल रिटर्नी एसोसियसन समाजबादीका अध्यक्ष हुन्) ।

प्रतिक्रिया दिनुहोस्