
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसले आगामी फागुन ३ गते बिहीबारका लागि बैठक बोलाएको हो ।
बैठकमा आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका तयारी सम्बन्धमा छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै फागुन ३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका छन् ।














