
काठमाडौं । नेपालले क्यानडाविरुद्धको खेलमा तेस्रो ओभरमै पहिलो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले तेस्रो ओभरमै क्यानडाको पहिलो विकेट लिएको हो ।
नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराएका छन् ।
खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन् । उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्। क्यानडाले २.१ ओभरमा पहिलो विकेट गुमाउँदा ७ रन जोडेको थियो ।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ । फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो ।














