Logo
Logo

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।

शीर्ष ४ ब्याटरले दोहोरो अंकको रन बनाउन नसकेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले नेपाली पारी सम्हाल्ने प्रयास गरेका थिए । सार्की आउट हुनुअघि नै पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर कुशल मल्ल आउट भएका थिए । मल्लले १५ रन बनाए ।

ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए । चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका थिए । ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्