Logo
Logo
आईसीसी क्रिकेट विश्वकप लिग २

नेपाललाई पाँचौं सफलता, सोमपाल एक्लैले लिए ३ विकेट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ ।

२४ ओभार एक बलमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४।१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।

यसअघि २१ औं ओभरको तेस्रो र अन्तिम बलमा पनि उनले विकेट लिएका थिए भने ललित राजवंशीले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्