Logo
Logo

बहुभाषिक विद्यालयको हविगतः नातागोता र कार्यकर्तालाई भर्ना, पीयनलाई निमावीमा बढुवा


2.5k
Shares

सुनसरी । वि.स २०५१ सालमा भाषा संरक्षणको लागि भनेर मनमोहन अधिकारीको पालोमा बाल बहुभाषिक विद्यालय इटहरी-२०, सुनसरीमा स्थापना भएको थियो । तर, अहिले बन्द हुने स्थितिमा पुगेको छ । 

२०७४ सालसम्म जेनतेन चले पनि मुलुक संघीयतामा  गइसकेपछि सरकारले शिक्षा क्षेत्रलाई स्थानीय तह मातहतमा रहेन निर्णय गरेपछि उक्त विद्यालयको पनि दिन दशा सुरु भएको हो ।

राई र लिम्बू भाषा पढाउनको लागि २ वटा दरबन्दी रहेको विद्यालयमा उक्त भाषा पढाउने शिक्षक नै छैन । ती दरबन्दीमा वडाध्यक्ष मणिराम श्रेष्ठले आफ्ना नातागोता र पार्टीको कार्यकर्तालाई भर्ना गरेर जागिर खुवाइरहेका छन् । 

बाल बहुभाषिक विद्यालयमा स्थायी ३ राहत २ र अन्य ३ जना गरी ८ शिक्षक रहेका छन् । कक्षा ५ सम्म स्वीकृत लिएर ८ सम्म पढाउँदै आएको विद्यालयमा कुनै समय १२० सम्म विद्यार्थीले अध्ययन गर्थे । तर, अहिले मुस्किलले ७० जना पुग्ने गरेको छ । 

वडाध्यक्ष श्रेष्ठकै बलजफतीमा अभिभावक संघको अध्यक्षमा पनि आफ्ना निकट मोहन लिम्बूलाई बनाएका छन् । लिम्बू अध्यक्ष बन्नको लागि अयोग्य पात्र भएको भन्दै विरोध समेत भएको थियो । 

विद्यालयलाई बन्द गराउनको निम्ति मोहन लिम्बू सक्रिय भएको अविभावकहरूले अरोप लगाउने गरेका छन् । लिम्बूले अभिभावकलाई विद्यालयबारे विभिन्न नकारात्मक कुराहरू भन्दै भड्काउने गरेका छन् । 

अध्यक्ष लिम्बूको रबैंया देख्दा उदेक लाग्दो छ । उनले आफ्ना श्रीमती पार्वती राईलाई परिचारिकाबाट बढुवा गराएर निमावि तहको जागिर खुवाइरहेका छन् । 

स्रोतले भन्यो, ‘वडाध्यक्ष र अभिभावक संघको अध्यक्ष मिल्दा जे पनि हुने रहेछ । स्कुलको पीयनलाई बढुवा गरेर निमाविको जागिर खुवाइरहेको छ । हामीले विरोध जनाएर मात्रै भएन सबै प्रक्रिया पुरा गरेका छौँ जहाँ जन्छौ जाऊ भन्दै अध्यक्ष लिम्बूले धम्की दिन्छ ।’

विद्यालयमा परेको योजनाहरू पनि लिम्बू र वडाध्यक्ष मिलेर झारो टार्ने काम मात्रै गर्दै आएको अभिभावकले आरोप लगाउने गरेका छन् । 

विद्यालयमा आएको पाँच लाखको खानेपानी फिल्टर योजनामा पनि वडाअध्यक्षले लिम्बूलाई नै योजनाको अध्यक्ष बनाएका थिए । पाँच लाखको योजनामा विद्यालयकै सबै सामग्री प्रयोग गरेर २ लाखमा निर्माण सम्पन्न गरी ३ लाख वडा अध्यक्षसँग मिलेर लिम्बूले खाएको आरोप लग्ने गरेका छ । 

लिम्बूले उक्त संरचना निर्माण गर्दा पुरानो भवनको इँटा र अन्य निर्माण सामग्री प्रयोग गरेका थिए । कुनै निर्णय विना नै पुरानो भवनको राम्रो छानो निकालेर बेचेर कच्चा खालको छानो लगाएका छन् । लिम्बूले वडाध्यक्षको आडमा शिक्षकहरूलाई विद्यालयको बारेमा कसैलाई केही बताए जागिर खाइदिने धम्की दिँदै आएका छन् । 

विद्यालयमा राजनीति कतिसम्म हाबी छ भन्ने उदाहरण वडा अध्यक्षको रवैयाले नै प्रमाणित गर्छ । विद्यालयले व्यवस्थापनको लागि आवश्यक खर्च जुटाउन नसकेर सहयोग रसिद बनाएको रसिद नै वडा अध्यक्षले १०० देखि १५० सम्म रसिद लगेर फिर्ता गरेका छैनन् । 

त्यसबारेमा जानकारी माग्दा मौन बस्ने गरेको अभिभावकले बताउने गरेका छन् ।  विद्यालयका आयव्ययको बारेमा प्र.अ समेत बेखर हुन्छन् । विद्यालयको सबै खातापाता अध्यक्ष लिम्बूले आफ्ना घरमा लगेर राख्ने गरेका छन् । 

हाल उक्त विद्यालयमा भाषा सम्बन्धी कुनै विषय पढाई भएको छैन । मनमोहन अधिकारीले जुन उद्देश्य लिएर विद्यालय स्थापना गरेका थिए त्यसको संरक्षण हुन सकिरहेको छैन ।

एमाले र अन्य दलहरूले पनि उक्त विद्यालयको अनियमिततामा आँखा चिम्लिदिने गरेको अविभावकहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्