Logo
Logo

नेपालले भारतमा त्रिकोणात्मक टि-२० सिरिज खेल्ने



काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ ।

गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

चैत्र १७ देखि सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि-२० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ ।

नेपालले पहिलो खेल चैत्र १७ मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २०मा खेल्नेछ । चैत्र २१ मा गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्