Logo
Logo

क्यानडाले दियो नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य



काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ ले जितका लागि २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए । यसअघि सम्पन्न पहिलो खेलमा क्यानडा– ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्