Logo
Logo

क्यानडा-११ माथि नेपाल-एको रोमाञ्चक जित



काठमाडौं । क्यानडा- ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल-ए विजयी भएको छ । आज (मंगलबार) मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडा–११ लाई नेपाल-एले दुई विकेटले पराजित गरेको हो ।

जितका लागि पाएको २४१ रनको लक्ष्य नेपाल- एले ४९ ओभार एक बलमा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपाल- एले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल-ए ४ विकेटले पराजित भएको थियो ।

नेपाल- एलाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । नेपाल- ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा-११ खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

क्यानडा-११का लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्