Logo
Logo

नामिबियाले बलिङ रोज्यो, नेपाल ब्याटिङमा उत्रँदै



काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोजपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल ग¥यो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।

प्रतिक्रिया दिनुहोस्