Logo
Logo

विवादित प्रहरीहरु जिल्ला इन्चार्ज


8.8k
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तजवीजीमा गत १ फागुनमा प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा ग¥यो । सरुवा भएका मधेस प्रदेशको तीन जिल्लाबाहेक सबै जिल्ला प्रमुख परिवर्तन भए । पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला मधेस प्रदेशभित्र आठ जिल्ला प्रहरी मापदण्डअनुसार ‘क’ श्रेणीमा पर्दछ ।

मधेश प्रदेशको जिल्लामा इन्चार्ज भएर जान अधिकांश एसपीहरु लाखौ रुपैया बुझाउने गर्छन । संवेदनशील मानिने मधेशका आठवटै जिल्लाले छिमेकी मुलुक भारतसँग सीमा जोडिएको छ । जसले गर्दा एसपीहरुको नजर यी जिल्लाहरुमा पर्ने गरेका छन् ।

पछिल्लो समयको सरुवा सूचीमा पर्सामा कुमोद ढुंगेल बाहेक कुनै पनि प्रहरी अधिकारी व्यावसायिक परेका छैनन । सर्लाहीमा दयानिधि ज्ञवाली, धनुषामा मित्रबन्धु शर्मा, महोत्तरीमा श्यामकुमार राई र सिरहामा सन्तोष आचार्य उनीहरु एक न एक काण्डमा विवादमा परेका छन् ।

त्यस्तै बारामा सुरेश काफ्ले दाङमै विवादित बनेर बारा पुगेका थिए । रौतहटमा महेन्द्र कुमार श्रेष्ठपनि विवादित प्रहरी अधिकारी हुन् । एसपी ढुंगेलले विशेष गरेर अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेर आफूलाई अब्बल साबित गरेकाले उनलाई शुरु देखिनै पर्सा पठाउने तयारी थियो । अपराध नियन्त्रण र गुण्डाहरुलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । एसपी ज्ञवालीको पनि सर्लाही जिल्ला दोस्रो इन्चार्ज हो । उनी ललितपुर चितवन बस्दा विवादमा परेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङमा पनि उनी विवादमै परेका थिए ।

श्याम कुमार राइलाई महोत्तरी प्रहरी प्रमुख बनाइएको छ । उनी बौद्ध प्रहरीमा रहँदा टेलिभिजन घुस लिएको आरोपमा पक्राउ परेका थिए । उनी म्याग्दी बस्दा पनि विवादमै मुछिएका थिए ।

बाग्लुङमा ऋषिराम कँडेललाई पठाइएको छ । उनी नवलपरासीमा बस्दा भारतीय नागरिकलाई लागुऔषध राखेर मुद्धा चलालइएको आरोपमा कारबाही गरिएको थियो ।

विगतमा कारबाही भोगमा विमल बस्नेत धनकुटा जान नमानेपछि सुरक्षा महाशाखामा राखिएको छ । उनको स्थानमा श्याम चौधरीलाई पठाइएको छ । धनकुटामा गाजाँ तस्करीको विषयमा कोशी प्रदेश प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । कोशी प्रदेशका तत्कालिन डिआइजी राजेशनाथ बास्तोलाले करिब दूई करोड रुपैयाँ उठाएको आरोप लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्