Logo
Logo

साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालको हार



ललितपुर । साफ यु-१६ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको हो ।

बंगलादेशका लागि दुबै गोल सौरभी प्रीतिले गरे । उनले पहिलो गोल खेलको २५औँ मिनेटमा गरेका थिए भने दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।

खेलका ३१औँ मिनेटमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो ।

यसअघि शुक्रवार भएको उद्घाटन खेलमा भारतले भुटानलाई ७–० ले हराएको थियो । नेपालले २१ फागुनमा भुटानसँग र २४ फागुनमा भारतसँग खेल्ने छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधीका लागि फाल्गुन २७ गते खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्