Logo
Logo

टी-२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै, प्रवेश निःशुल्क



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यसअघि नै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । नेपाल शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएर फाइनलमा पुगेको हो । आजको खेल जित्ने टिमसँग नेपालले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

This image has an empty alt attribute; its file name is Namibia.jpg

नेपाल र नेदरल्याण्ड्सको समान ४–४ अंक छ । रन रेटका आधारमा नामिबिया अंक तालिकाको पुछारमा छ । आजको खेल हेर्नका लागि क्यानले निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्