Logo
Logo

आजको परिवर्तन सहिदको बलिदानको परिणामः सञ्चारमन्त्री


504
Shares

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताएका छन् । सहिद सप्ताहको अवसरमा माओवादी केन्द्रले दाङको घोराही उपमहानगरपालिका– ६ स्थित सहिद पार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहिदको रगत, पसिना र त्यागको जगमा संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने बताए ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री शर्माले अहिलेको व्यवस्था र परिवर्तन प्रति धेरै सहिदहरुको त्याग र वलिदानलाई कोही कसैले पनि अवमुल्यन गर्न नमिल्ने र सहिदको वलिदान सधै अमूल्य रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्थामाथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाई थियो । अहिले अस्थिरता चाहनेहरुले विद्यमान व्यवस्थामाथि आलोचना गरेपनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको उनले बताए ।

मुलुकमा व्यवस्था परिवर्तनका लागि भएका युद्ध र आन्दोलनका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाई गर्न नहुने मन्त्री शर्मँले बताए ।

‘मुलुकमा शान्ति प्रकृयाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रकृयाको काम ६ महिनामा टुंगो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भई सक्यो, अब शान्ति प्रकृयाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो सार्थक टुंगोमा पु¥याउनुपर्छ । यसका लागि सरकार गम्भीर रुपमा लागि परेको छ’, उनले भने, ‘सरकारको विशेष प्रक्रियामा रहेको संक्रमणकालिन न्याय सम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौँ ।’

वेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूणर् विषय भएको उल्लेख गर्दै उनले जनआन्दोलनका क्रममा घाईते भएका योद्धाहरुको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्