Logo
Logo

प्रधानमन्त्रीले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै वार्ता


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विद्येयकलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) बिहान ओली र देउवासँग बालुवाटारमा छुट्टाछुट्टै वार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले प्रधानमन्त्रीको सरकारी निवासमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा उनीहरुबीच छुट्टाछुट्टै छलफल भएको जानकारी दिए । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगीन बाँकी छ ।

मुख्यगरी मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या÷दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

यसैगरी सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ ।

प्रतिक्रिया दिनुहोस्