Logo
Logo

एसबी जेरो बने आदिवासी जनजाति युवा महासंघ ओखलढुङ्गाको अध्यक्ष 


441
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति युवा महासंघ ओखलढुङ्गाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

नेपाल आदिवासी जनजाति युवा महासंघको केन्द्रीय सदस्य सुवास तामाङको उपस्थितिमा जिल्लाको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट एसबी जेरोको अध्यक्षतामा १५ सदस्यीय नेपाल आदिवासी जनजाति युवा महासंघ ओखलढुङ्गाको कार्यसमिति चयन भएको छ । समितिमा उपाध्यक्ष सुवास गुरुङ र ङिमा शेर्पा, सचिवमा सृजना सुनुवार, सहसचिवमा खड्ग बहादुर तामाङ र हित राई साथै कोषाध्यक्षमा भीष्मलाल श्रेष्ठ चयन भएका छन् ।

समितिमा सदस्यहरू माइतीराज राई, फुर्वा तामाङ, आङदिकी शेर्पा, मनोज तामाङ, फुर्वा शेर्पा, सुनिल मगर, विवेक तामाङ र दिलकुमार तामाङ छनोट भएको केन्द्रीय सदस्य सुवास तामाङले बताए । क्षेत्र र स्थानीय तह अनुसार आगामी दिनमा अरू सदस्यहरूलाई समितिमा थप गरिने बताइएको छ ।

निर्वाचित समितिले आदिवासी जनजातिहरूको भाषा, संस्कार, संस्कृति, पहिचान संरक्षण र सम्वर्द्धन गर्नुका साथै हक अधिकार प्राप्तिका लागि काम गर्ने विश्वास रहेको केन्द्रीय सदस्य तामाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्