Logo
Logo

नक्कली ट्रेड युनियनहरूले गर्दा वास्तविक श्रमिकहरूको मुद्दा ओझेलमा: जिफन्ट अध्यक्ष


1.6k
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले  प्रत्येक वर्ष फागुन २१ गतेका दिनलाई ‘नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवस’का रूपमा मनाउने घोषणा गरेको छ ।  पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जिफन्टले यस्तो घोषणा गरेको हो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले भोली २१ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७७औं वार्षिकोत्सव समारोहको उद्घाटन गरिने जानकारी गराए । उनका अनुसार समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रतिनिधिहरूले भाग लिनेछन् । 

२००३ साल फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाईमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको बताउँदै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय यो आन्दोलन राजनीतिक अभीष्ट पुरा गर्ने माध्यम बन्दै गएकोमा दुःख व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्