Logo
Logo

संघीय संसदका दुबै सदनको बैठक बस्दै, प्रि-बजेटमाथि छलफल हुने


567
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत दुबै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रियसभा बैठक दिउँसो १ः १७ बजे बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ’महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९÷८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ हुनेछ ।

यता राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरूको स्वागत तथा सदस्यहरूबाट सभामा अपेक्षा प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्