Logo
Logo

विदेश भ्रमणकै बेला पदमुक्त हुँदै श्रममन्त्री


11.4k
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यतिबेला यूएई भ्रमणमा छन् । उनी विदेश भ्रमणमै रहेका बेला नेपालमा भने सत्ता समीकरण परिवर्तन भएको छ ।

विदेश भ्रमणमा रहेका श्रममन्त्री भण्डारीले देश नफर्किँदै पद गुम्ने भएको छ । भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए ।

आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि यएई भ्रमणमा गएका थिए । वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका हुन् ।

श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री प्रचण्डले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । यस्तो अवस्थामा ममन्त्री भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किने पक्का भएको छ ।

लोसपालाई नयाँ सत्ता समीकरणमा ल्याउने टुंगो भइसकेको छैन । प्रचण्ड र एमाले अध्यक्ष ओली अहिले जनता समाजवादी पार्टीसँग संवादमा छन् । जसपाबाट उपेन्द्र यादव मन्त्री बन्न तयार छन् ।

यसैबीच सत्ता गठबन्धमा फेरबदलकै कारण परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ।

फिनल्याण्डको हेल्सिन्कीमा हुन लागेको संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुने तयारीमा रहेका साउदको भ्रमण अन्तिम समयमा रद्द भएको हो।

प्रतिक्रिया दिनुहोस्