Logo
Logo

बढुवाका लागि प्रहरीमा चलखेल, नेताको ढोका धाउने बढे


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ७ माघ ।

लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधूप चर्को रूपमा बढेको छ।

गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन।

अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ। ती सिटकालागि दोडधुप चर्को रूपमा अघि बढेको छ। नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाका लागि सबै तयारी गरिएको भए पनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा विश्व पोखरेलले समेत राजनीतिक लबिङ गरेपछि बढुवाको फाइल रोकिएको छ। उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा विश्व पोखरेलको डीआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाइल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

कामप्रति इमान्दार रहेका श्रेष्ठ नेताकोमा चाकडी गर्न नगएको कारण पटक पटक बढुवामा छुट्दै आएका थिए। खाली रहेको एक सिटमा बढुवाका लागि प्रधान कार्यालयले तयारी पूरा गरेर गृहमा फाइल पुर्‍याउन लागेको बेला एसएसपी पोखरेलको पक्षमा उपप्रधानमन्त्री पोखरेलले लविङगरेपछि बढुवा रोकिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्