
काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिजको फाइनल खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।
यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।














