Logo
Logo

गृहसहित चार मन्त्रालय रास्वपाको बटमलाइन


3.1k
Shares

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाट बहस सुरु भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा लगायतसँग सहकार्य गरेसँगै नयाँ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाटको बहस सुरु भएको हो । जसमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ ।

गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए ।

रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन् । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन् ।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्