Logo
Logo

भक्तपुरको कोरियामैत्री अस्पतालमा ब्लड बैंक स्थापना हुने


441
Shares

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालमा व्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशासन र लायन्स क्लवबीच सम्झौता भएको हो । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लवका प्रतिनिधि दीपक प्रजापति र अस्पतालकोतर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे ।

मध्यपुर थिमि नगरपालिका र लायन्स क्लवको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता भएको हो । यसका लागि एक लाख डलर आवश्यक पर्ने लागत इष्टमेट गरिएको छ । यो रकम लायन्स क्ल्वबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत लगानी गर्ने जनाएको छ ।

ब्लड बैंकको भौतिक पूर्वाधार नगरपालिकाले तयार गर्नुका साथै आवश्यक कर्मचारी पनि नगरपालिकाले ब्यहोर्ने गरी समझौता भएको हो । त्रिभुवन विश्वविद्यालय र लायन्स क्ल्व अफ नेपालको सहकार्यमा स्थापना भएको रक्तसन्चार केन्द्रसङ्ग मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने गरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा सम्झौता भएको हो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमि नगरपालिकामा रक्तसंचारमा धेरै सहज हुने विश्वास नगरिपालिकाले लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्